८ मंसिर, २०८१ शनिबार

12:26:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने, तत्काललाई बन्चरेडाँडा मै हुने

Nepal Business

२२ जेठ, २०७९

मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैँ तयार रहेको समेत बताउनु भयो ।

वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने, तत्काललाई बन्चरेडाँडा मै हुने

काठमाण्डौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताउनु भयो।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उहाँले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताउनु भएको छ ।

बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैँ तयार रहेको समेत बताउनु भयो ।

हाललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरेडाँडामा पुरानै किसिमले गरे पनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ । महानगरसँग मन्त्रालय सधैँ सँगसँगै मिलेर काम गर्न तयार छु, उहाँले भन्नुभयो ।

मन्त्री झाँक्रीले काठमाडौं महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको काम समेत मन्त्रालयले गर्न लागेकाले सहकार्य जरुरी रहेको बताउनु भयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर बिसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न अनुरोध गर्नुभयो।

यसैगरी उहाँले काठमाडौंको फोहोर बन्चरेडाँडामा तत्काल कसरी फोहोर विसर्जन भन्ने विषयमा स्थानीयवासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका आयोजना प्रमुख रबीन्द्र बोहराले बन्चरेडाँडामा तत्काल फोहोर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।