७ मंसिर, २०८१ शुक्रबार

12:58:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्राइम लाइफ इन्स्योरेन्स १५ वर्षमा प्रवेश

Nepal Business

२२ जेठ, २०७९

कम्पनीका अनुसार १५ वर्षमा आइपुग्दा कम्पनीको चूक्ता पूँजी २७८ करोड पुगेको

प्राइम लाइफ इन्स्योरेन्स १५ वर्षमा प्रवेश

काठमाण्डौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पुरा गरि १५ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताउनुभयो।

हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलब्ध गराइरहेको छ । कम्पनीले सो अवसरमा सिरहाको मुसर बस्तिमा भाँडाकुडा सहयोग गरेको छ । कम्पनीका अनुसार १५ वर्षमा आइपुग्दा कम्पनीको चूक्ता पूँजी २७८ करोड पुगेको छ । 

यस्तै कम्पनीको जीवन बीमा कोषमा १७६३ करोड, हालसम्म आर्जन गरेको कूल बीमाशुल्क २६०४ करोड, कूल बीमालेख संख्या १७ लाख ५९ हजार ३४४ रहेको छ । त्यस्तै कम्पनीको लगानी १८.३४ करोड रहेको छ ।

हाल प्राइम लाइफ इन्स्योरेन्सका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्बन्धित पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने अवस्थ रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।