२९ बैशाख, २०८१ शनिबार

09:06:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुदुरपश्चिमलाई बिकासको हव बनाउन दोधराचाँदनीमा ड्राइपोर्ट आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ

Nepal Business

२२ जेठ, २०७९

प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने

सुदुरपश्चिमलाई बिकासको हव बनाउन दोधराचाँदनीमा ड्राइपोर्ट आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदुरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताउनुभएको छ । 

आइतबार काठमाण्डौंमा आयोजित सुदुरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदुरपश्चिममा बिकासका धेरै सम्भावना रहेको भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताउनुभएको हो ।

प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भौगोलिक बिकटता लगाएतका कारणले सुदुरपश्चिम पछाडी परेका कारण त्यस क्षेत्रका युवाहरु रोजगारका लागि भारत जान बाध्य भएको उहाँको भनाई छ । त्यस्तै उहाँले सुदुरपश्चिमलाई बिकासको हव बनाउनका लागि दोधरा चाँदनीमा ड्राइपोर्ट आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा पछिपरेका स्थानमा समान बिकासका लागि सवैको सहकार्य आवश्यकतामा जोड दिनुभयो ।