१४ बैशाख, २०८१ शुक्रबार

09:44:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उद्घाटन, सभा–सेमिनार लगायतका काममा आफूलाई नअल्झाउन धनगढीबासीलाई मेयर हमालको अनुरोध

Nepal Business

९ जेठ, २०७९

उहाँ धनगढीका नामी व्यवसायी

उद्घाटन, सभा–सेमिनार लगायतका काममा आफूलाई नअल्झाउन धनगढीबासीलाई मेयर हमालको अनुरोध

काठमाण्डौं । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले आफूलाई अब उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम लगायतका काममा नअल्झाईदिन नगरबासी र विभिन्न संघसंस्थालाई आग्रह गर्नुभएको छ। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर हामालले अति–आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई जनताको काम गर्ने वातावरण बनाइदिन धनगढीबासी तथा विभिन्न संघसंस्थालाई अनुरोध गर्नुभएको हो । 

आफूले नगरबासीबाट पाउनुपर्ने सम्मान मतबाट पाइसकेकाले अब निर्वाह गर्नुपर्ने जिम्मेवारी पुरा गर्न सम्पुर्ण समय आजैदेखि लगाउने उहाँले बताउनुभयो । 

उहाँले लेख्नुहुन्छ, ‘सम्पुर्ण नगरवासी एवम् संघसंस्थाहरुमा अनुरोध ! आदरणीय नगरबासीहरुबाट मैले प्राप्त गर्नु पर्ने सम्मान हजुरहरुको मतबाट प्राप्त गरिसकेको छु। यो भन्दा ठुलो सम्मान मेरो जीवनका लागि अरु हुन सक्दैन । यहाँहरुको अमुल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पुरा गर्न मेरो सम्पुर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया सम्पुर्ण आम धनगढीबासी र यहाँका संघसंस्थाहरुलाई अति–आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।’

उहाँ धनगढीका नामी व्यवसायी हुनुहुन्छ । वैशाख ३० गते भएको स्थानीय चुनावमा उहाँ धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो । स्वतन्त्रबाट उहाँले २६ हजार ८६५ मत प्राप्त गरी धनगढी उपमहानगरपालिकाको मेयरमा विजयी हुनुभयो ।