८ मंसिर, २०८१ शनिबार

04:43:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

२२ जेठ, २०७९

आइतबार नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा सेयर लगानीकर्ताहरूले प्रधानमन्त्री देउवालाई ४ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुँजीबजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिनुभएको छ ।  आइतबार बालुवाटारमा नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरी पुँजीबजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिनुभएको हो ।
 
प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई लगानीकर्ताको समस्या सुन्ने मात्र नभइ तत्काल उचित समाधानको पहिचान गरी कार्यान्वयन गर्न समेत निर्देशन दिनुभएको छ ।  ‘बजारका समस्याहरुका बारेमा प्रधानमन्त्री ज्यूलाई जानकारी गराँउन गएका थियौँ, प्रधानमन्त्रीज्यूले हाम्रै अगाडी गभर्नरलाई ज्यूलाई फोन गरेर बजारका देखिएका समस्याहरु तत्काल समाधान गर्न निर्देशन दिनु भएको छ अध्यक्ष पोखरेलले भन्नुभयो,‘हामी गभर्नरलाई भेट्न भोलि राष्ट्र बैंक जाँदैछौँ, हाम्रो मागहरु सम्बोधन र सुनुवाई गर्नु भएन भने हामि पून प्रधानमन्त्रीलाई भेट्ने छौ।’

आइतबार नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा सेयर लगानीकर्ताहरूले प्रधानमन्त्री देउवालाई ४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपमा खारेज गर्ने, सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः सीसीडी कायम गर्नुपर्ने, भारित औसतदर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औसत दर १०० कायम गर्नुपर्ने र  पुँजीबजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्ने बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग गरिएको छ।