८ जेठ, २०८१ मंगलबार

01:28:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सात लाख ५० हजार तिरेर बिरामीको उद्धार

Nepal Business

२० पुस, २०७८

सात लाख ५० हजार तिरेर बिरामीको उद्धार

२० पुस, २०७८

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङ विरामी परेपछि उपचारका लागि ७ लाख ५० हजार तिरेर उद्धार गरिएको हो ।
उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा हेलिकोप्टर मगाएर थप उपचारका लागि काठमाण्डौ ल्याईउको आफन्त रेछिङबहादुर लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै निजी खर्चमा बिरामीको उद्धार गरेका हौँ, ७ लाख ५० हजार हवाई भाडा तिरेर उपचारका लागि उहाँहरुलाई काठमाडौँ ल्याईएकोछ । गाउँघरमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि काठमाडौँ ल्याउनुपरेको हो ।  


काठमाडौँबाट नाइनएन–एजेआरको समिट एरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट दुवैजनालाई उद्धार गरिएको हो । पचास वर्षीय तामाङको नाकबाट निरन्तर रगत बगिरहने समस्या रहेको छ । यस्तै पच्चीस वर्षीय लामालाई कानमा समस्या देखिएको छ । 

उत्तरी हुम्लाका नागरिक बिरामी हुँदा आफ्नै खर्चमा महङ्गो हवाई भाडा तिरेर बिरामीको उद्धार गर्दै आएका छन् । हिउँदयाममा यस क्षेत्रमा अत्यधिक चिसो हुनुका साथै स्वास्थ्यकर्मी कार्यालयमा नियमित नहुँदा सिधै काठमाडौँबाट हेलिकोप्टर मगाएर महङ्गो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ । यातायात सुविधा नहुँदा हुम्लीले बिरामी हुँदा हेलिकोप्टर र हवाईजहाजको भर पर्नुपर्ने अवस्था छ ।