८ मंसिर, २०८१ शनिबार

12:50:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निरन्तर ओरालो लाग्दै सेयर बजार, लगानीकर्ताले गुमाए १३ खर्ब रुपैयाँ

२२ जेठ, २०७९

लगातीकर्ताहरु यो समयमा सेयर खरिद गर्न समेत डराईरहेका छन् ।

निरन्तर ओरालो लाग्दै सेयर बजार, लगानीकर्ताले गुमाए १३ खर्ब रुपैयाँ

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सेयर बजार ओरालो लागेसँगै लगानीकर्ताहरुको मनोबल पनि दिनप्रतिदिन घट्दै गहिरहेको छ । बजारमा लगानी गरेका लगानीकर्ताहरुलाई आफ्नो लगानी डुब्ने त होइन ? भन्ने प्रश्नले सताउन थालेको छ ।

हाल लगानीकर्ताहरुले सेयर बजारमा १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले घटेर ३१ खर्बको हाराहारीमा आइपुगेको छ ।

यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुमा पुगेकोे नेप्से परिसूचक अहिले २ हजारको नजिक झरेको छ । गत भदौमा २१ अर्ब ३१ करोड ३४ लाख रुपियाँको कारोबार भएको बजारमा हाल १ अर्ब रुपियाँभन्दा तल झर्न थालेको छ।

गत वर्षको भदौमा उत्साहजनक रूपमा बढेर ३२ सय नजिक पुगेको बजार अहिले घटेर दुई हजारको नजिक आइपुगेको छ । यसले लगानीकर्ताहरुलाई निल्नु न उकेल्नु बनाएको छ । लगातीकर्ताहरु यो समयमा सेयर खरिद गर्न समेत डराईरहेका छन् ।

बजेट भाषणपछि सेयरबजार ओरालो लाग्ने क्रम रोकिएको छैन । लगानीकर्ताहरुले बजेटपछि सेयरबजारमा सुधार आउने प्रक्ष्येपण गरेपनि बजेटमा पुँजीबजारसँग सम्बन्धित खासै सम्बोधन नभएको कारण सेयरबजार त्यसयता प्रभावित बन्न पुगेको हो ।