२० बैशाख, २०८१ बिहिबार

09:52:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनीमा एक पालिका एक गौरवको योजना शुरु गर्नुपर्छ

Nepal Business

२१ जेठ, २०७९

“जनताले ठूलो आशा र भरोसा गरेर निर्वाचित गरेका छन्, जनताको आवश्यकताका आधारमा काम गर्नुहोस्”, केसीले भन्नुभयो, “पालिकाका सकारात्मक काममा प्रदेश सरकारले सहयोग गर्न तयार छ ।”

लुम्बिनीमा एक पालिका एक गौरवको योजना शुरु गर्नुपर्छ

काठमाडौँ,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रत्येक पालिकामा एउटा गौरवको योजना सुरु गर्न आग्रह गर्नुभएको छ ।

शनिबार चन्द्रौटामा लुम्बिनी प्रदेशले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाइ तथा अन्तक्र्रियामा उहाँले जनचाहनाअनुसार विकासका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

शनिबार चन्द्रौटामा लुम्बिनी प्रदेशले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाइ तथा अन्तक्र्रियामा उहाँले जनचाहनाअनुसार विकासका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

अधिकांश पालिकाहरूमा नयाँ नेतृत्व आएको बताउँदै मुख्यमन्त्री केसीले नागरिकहरूका लागि कुनै न कुनै गौरवको योजना सुरु गर्नुपर्ने बताउनुभयो ।

 “जनताले ठूलो आशा र भरोसा गरेर निर्वाचित गरेका छन्, जनताको आवश्यकताका आधारमा काम गर्नुहोस्”, केसीले भन्नुभयो, “पालिकाका सकारात्मक काममा प्रदेश सरकारले सहयोग गर्न तयार छ ।”

अबको केही समयमा प्रदेश र सङ्घको निर्वाचन हुने भएकाले प्रदेश सरकारका अधुरा कामहरूलाई पूरा गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । कानुन निर्माणदेखि अन्य केही कामलाई पूरा गर्न तत्पर रहेको बताउनुभयो । 

मुख्यमन्त्री केसीले नागरिकको मागलाई पूरा गर्ने तवरबाट पालिकाले काम गर्नुपर्ने सुझाव दिनुभयो । धेरै पालिकामा नयाँ अनुहार आएकाले अवसर र चुनौतीलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।