६ मंसिर, २०८१ बिहिबार
05:29:56 PM
२१ जेठ, २०७९
मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो ।
काठमाण्डौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस (युएइ)सँग पराजित भएको छ ।
मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा ग¥यो ।
युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन् भने लाभन्या केनी ३ रनमा अविजित रहनु भयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८.१ ओभरमा सबै विकेट गुमाउँदै ८ रन जोडेको हो । इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोड्नु भयो ।
किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १/१ रन जोड्नु भयो ।
युएईका महिका गौरले ५ विकेट लिनुभयो भने इन्धुजा नन्दकुमारले ३ विकेट हात पार्नुभयो । छनोटमा नेपालको यो पहिलो हार हो । हिजो भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो ।
यता युएईको भने यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले भुटानलाई १६० रनले हराएको थियो ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । नेपालले तेस्रो खेल सोमबार भुटानसँग खेल्नेछ । रासस