८ मंसिर, २०८१ शनिबार
12:39:52 AM
२१ जेठ, २०७९
कम्पनीहरु सपोर्ट लघुवित्त वित्तीय संस्था, नेको इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस हप्ता ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ती कम्पनीहरु सपोर्ट लघुवित्त वित्तीय संस्था, नेको इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा मंगलबार सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस बापतको एक लाख ९८ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
नेको इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल स्टक एक्कसचेन्ज (नेप्से) का अनुसार मंगलबारै नेप्सेमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको २२ लाख ८२ हजार ४ सय ५०.६१ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
बुधबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको ७ लाख ७५ हजार ९ सय ८२.५९ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको वैशाख ११ गते सम्पन्न भएको बीसौँ वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।