७ बैशाख, २०८२ आइतबार

12:27:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पहिलो दिनमै बिन्ध्यबासिनीको सेयरमा झण्डै तीन गुणाबढी आवेदन

Nepal Business

२० जेठ, २०७९

आईपिओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने छ

पहिलो दिनमै बिन्ध्यबासिनीको सेयरमा झण्डै तीन गुणाबढी आवेदन

काठमाडौँ, 
पहिलो दिनमे बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमा तीन गुणा बढी आवेदन परेको छ । सर्बसाधारणलाई शुक्रबारदेखि बिक्रि खुला गरेको साधारण सेयरमा पहिलो दिन नै तीन लाख बढीले शेयर भरेका छन् ।

१३ करोड ६५ लाख रुपैयाँ बराबरको १३ लाख ६५ हजार कित्ता आइपीओ बिक्रि खुला गरिएको थियो । तर पहिलो दिनमै दुइ लाख ९९ हजार ५१६ जनाले ३६ लाख ७४ हजार ५९० कित्ताका लागि आइपिओ भरेका छन् । 

सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेडकाअनुसार  जेठ २० गते बेसाँझसम्म ३६ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको आबेदन परेको छ। 

बिन्ध्यबासिनी हाइड्रोपावरले शुक्रबार आज सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ।  

बिन्ध्यबासिनी हाइड्रोपावरले शुक्रबार आज सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ।  

बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्नेछ ।  आईपिओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने छ ।