८ मंसिर, २०८१ शनिबार
12:52:35 AM
२० जेठ, २०७९
कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ।
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिहीबार नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सगरमाथा जलविद्युतका तर्फबाट कम्पनीका अध्यक्ष डा.भोगेन्द्रकुमार गुरागाईं र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले जारी पुँजी रु. १ अर्ब १२ करोडमध्ये स्थानीयका लागि १० प्रतिशत बापत रु. ११ लाख २० हजार कित्ता तथा सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ।