८ मंसिर, २०८१ शनिबार
12:20:14 AM
२० जेठ, २०७९
नेप्सेमा यो साता प्रुडेन्सिय इन्स्योरेन्स कम्पनी लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूकिकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता विभिन्न ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा यो साता प्रुडेन्सिय इन्स्योरेन्स कम्पनी लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूकिकृत भएको हो ।
१. प्रुडेन्सिय इन्स्योरेन्स कम्पनी लिमिटेड
नेप्सेमा प्रुडेन्सिय इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको ७ लाख ७५ हजार ९ सय ८२ दशमलव ५९ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
२. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस बापतको १ लाख ९८ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
३. नेको इन्स्योरेन्स कम्पनी लिमिटेड
नेप्सेमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको २२ लाख ८२ हजार ४ सय ५० दशमलव ६१ कित्ता सेयर सूचिकृत भएको हो ।