८ मंसिर, २०८१ शनिबार
12:28:29 AM
२० जेठ, २०७९
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से राताम्य भएको छ । शुक्रबार नेप्से परिसूचक ३३.७६ अकंले घटेर २०७८.७० बिन्दुमा पुगेको छ ।
शुक्रबार २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको कारोबार भएको हो । नेप्से राताम्य हुदाँ पनि शुक्रबार एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको शुक्रबार ६ करोड २३ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, शुक्रबार सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ४ करोड २ लाख रुपैयाँ, हिमालयन डिस्टलरीको ३ करोड ८४ लाख १६ हजार रुपैया, अपी पावर कम्पनीको ३ करोड ७१ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकको ३ करोड ६६ लाख ७४ हजार रुपैयाँ कारोबार भएको हो ।