८ मंसिर, २०८१ शनिबार
12:14:47 AM
२० जेठ, २०७९
सेयर बजार घट्दा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँको कारोबार
काठमाण्डौं । सेयर कारोबार यस साता उकालो लाग्न सकेन । सेयर कारोबारको अन्तिम दिन शुक्रबार पनि सेयर बजार ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार ३३.७६ अंकले घटेर नेप्से परिसूचक २ हजार ७८.७० विन्दुमा पुगेर बन्द भएको छ ।
सेयर बजार घट्दा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँको कारोबार भएको छ भने ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर किनबेच भएका छन् ।
आज सबै उपसमुह घटेका छन् । कम्पनीतर्फ भने उपकार लघुवित्त वित्तीय संस्थामा सर्किट ब्रेक लागेको छ । बलेफी हाइड्रोपावर लिमिटेड ९.९८ प्रतिशत र गणपति लघुवित्त वित्तीय संथा २.३५ प्रतिशतले बढेका छन् ।