४ जेठ, २०८१ शुक्रबार

08:42:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक करोड लगानी, ३६ रोपनी क्षेत्रफलमा बाख्रापालन

Nepal Business

२० जेठ, २०७९

व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गर्नु भएको छ ।

एक करोड लगानी, ३६ रोपनी क्षेत्रफलमा बाख्रापालन

तनहुँ । गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आउनु भएको छ। डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गर्नु भएको अधिकारी दम्पतिले अहिले १ करोड बढी लगानी गरिसक्नु भएको छ ।

व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गर्नु भएको छ । 

हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब १ करोड लगानी भएको फार्म सञ्चालक गङ्गादेवीले जानकारी दिनुभयो । करिब १ सयको हाराहारीमा बाख्रा छन् ।

अष्ट्रेलियाबाट ३ लाख मूल्यमा एक बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताउनुभयो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको २० लाख पचास हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । रासस