८ मंसिर, २०८१ शनिबार

12:47:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, बजार घट्दा लगानीकर्ता चिन्तित

२० जेठ, २०७९

शुक्रबार प्रि ओपन सेसनमा ३ लाख ८६ हजार ९१४ रुपैयाँ ६० पैसा बराबरको १ हजार २२९ कित्ता शेयर किनबेच भएको छ।

प्रि ओपन सेसनमा सामान्य अंकले  बढ्यो नेप्से, बजार घट्दा लगानीकर्ता चिन्तित

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा बन्द भएको नेप्से, शुक्रबार सो सेसनमा ०.६६ अंकले बढेर २११३.१३ विन्दुमा पुगेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ३ लाख ८६ हजार ९१४ रुपैयाँ ६० पैसा बराबरको १ हजार २२९ कित्ता शेयर किनबेच भएको छ। सेयर बजार घट्ने क्रम जारी नै छ । लगातार घटिरहेको सेयर बजारका कारणले लगानीकर्ता चिन्तित छन् । उँनिहरुमा आफुले गरेको लगानी डुब्ने त हैन भन्ने चिन्ता बढेको छ । निरन्तरबजार घटेर निराश बनिरहेका लगानीकर्ताहरुमा आज बजार कता जाने हो भन्ने चासोको बिषय बनेको छ ।