२१ बैशाख, २०८१ शुक्रबार

10:12:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेको ओरालो यात्रा, लगानीकर्ताको निराशा

केशव आचार्य ।

१९ जेठ, २०७९

नेप्से यसै हप्तामात्र ठूलो अंकले घट्न पुग्यो । बजार निरन्तर ओरालो लागिरहँदा लगानीकर्ता निराश बनेका छन् । लगातार घटेको सेयर बजार आज बिहिबार पनि १८.२६ अंकले घटेको छ ।

यसरी नेप्सेमा निरन्तर गिरावट आइरहँदा आर्थिक कृयाकलाप त घट्यो नै यसको साथै सरकारी राजश्वमा पनिर गिरावट आयो । बिहीबार पनि नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । जुन बुधबार ७.१९ अंकले गिरावट आएको थियो ।

बिहानै बजार खुल्दा २१ सय ३० अंकबाट कारोबार सुरु भएको बजारको अन्तिममा २१ सय १२ मा बन्द भएको छ । घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ३.८१ अंकले घटेर ४ सय १० अंकमा पुगेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि नेप्से कारोबार रकममा भने बढेको छ ।

लगभग असोजको अन्तिम साताबाट ओरालो लागेको सेयर बजारले सकरात्मक बाटो लिन सकेको छैन । घट्ने क्रम निरन्तर छ ।

बिहीबार नौ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा बिहीबार ३५ लाख ६६ हजार आठ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा नेप्सेमा एक अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार ३० लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब सात करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

नेप्सेमा बिहीबार दुई सय २७ कम्पनी सेयर कारोबार हुँदा एक सय ६८ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ४६ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । यसैगरी १२ कम्पनीको सेयर मूल्य हिजोकै मूल्यमा कारोबार भएको छ । 

सेयर बजारमा एक मात्र कम्पनी बाफेली हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरमा नकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १३.९ रुपैयाँले बढेर एक सय ५३.३ रुपैयाँ पुगेको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर मूल्यमा ३५.५ रुपैयाँले घटेर ३ सय २० रुपैयाँ पुगेको छ ।

लगभग असोजको अन्तिम साताबाट ओरालो लागेको सेयर बजारले सकरात्मक बाटो लिन सकेको छैन । घट्ने क्रम निरन्तर छ । यसलाई सरकारले ब्रेक लगाएर सकरात्मक बाटो तर्फ हिडाउने नीति अवलम्बन नगरेसम्म लगानीकर्ताको गुमाइ अझ बढ्ने देखिन्छ ।

बजार सरकारको सेयर बजार केन्द्रित नीतिको पर्खाइमा रहेको छ ।