८ मंसिर, २०८१ शनिबार
12:50:53 AM
१९ जेठ, २०७९
धितोपत्र बोर्डले मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न वैशाख १८ गते अनुमति दिएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न २ वटा कम्पनीलाई अनुमति दिएको छ । धितोपत्र बोर्डले मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न वैशाख १८ गते अनुमति दिएको हो ।
मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड
मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक १४ गते स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १७ करोड ६४ लाख ११ हजार रूपैयाँ बराबरको १७ लाख ६४ हजार एक सय १० कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । कम्पनीले आईपीओनिष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेड
सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।