८ मंसिर, २०८१ शनिबार
12:21:10 AM
१९ जेठ, २०७९
अहिलेको बजारको अवस्थालाई ध्यानमा राखेर लगानीकर्ताको लगानीलाई संयमित रुपमा लिँदै राष्ट्र बैंकका त्यस्ता नीति संशोधन गर्न पनि अर्थमन्त्रीसँग आग्रह
काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले नेपाल राष्ट्र बैंकको नीतिका कारण सेयर लगानीकर्ता सडकमा आएको बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भुसालले सेयर लगानीकर्ताको पछिल्लो अवस्थाबारे आवाज उठाउनुभएको हो ।
अहिले ५२ लाखले डिम्याट खाता खोलेर बजारमा लगानी गर्नुभएको छ भने १५ लाख लगानीकर्ता दास्रो बजारमा कारोबार गर्नुहुन्छ उहाँले भन्नुभयो, राष्ट्र बैंकको नीतिले लगानीकर्तालाई सडकमा आउने स्थिति बनाएको छ।
भुसालले अहिलेको बजारको अवस्थालाई ध्यानमा राखेर लगानीकर्ताको लगानीलाई संयमित रुपमा लिँदै राष्ट्र बैंकका त्यस्ता नीति संशोधन गर्न पनि अर्थमन्त्रीसँग आग्रह गर्नुभएको छ ।