८ मंसिर, २०८१ शनिबार

12:45:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा किसान लघुवित्तको सेयरमूल्य समायोजन

१९ जेठ, २०७९

बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय १० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेप्सेमा किसान लघुवित्तको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा लघुवित्त कम्पनीको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ८ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय १० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले जेठ २८ गते तेस्रो साधारण सभा बोलाएको छ। सो सभा धनगढी उपमहानगरपालिका २, धनगढी, कैलालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।