२३ कार्तिक, २०८१ शुक्रबार
03:51:57 PM
१९ जेठ, २०७९
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन
काठमाण्डौं । चालू आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्म १९ जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब रुपैयाँभन्दा बढि बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।
सो अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले वैशाख महीनामा पनि सबैभन्दा बढी १ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ ।
यस्तै नेपाल लाइफ इन्स्योरन्सपछि धेरै कुल बीमाशुल्क उठाउनेमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म लाइफ इन्स्योरेन्स कर्पाेरेशन रहेको छ ।
कम्पनीले पनि वैशाख महीनामा १ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै समितिको तथ्यांक अनुसार वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीहरूमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले वैशाख मसान्तसम्म १ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक १० अर्ब ९८ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने वैशाख महिनामा मात्र ८६ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ ।
एशिएन लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्म ५ अर्ब ५३ करोड ३९ लाख रुपैयाँ र वैशाख महिनामा ४० करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
युनियन लाइफ इन्स्यारेन्सले वैशाख मसान्तसम्ममा ६ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ र वैशाख महिनामा ३७ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सिटिजन्स लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्म ४ अर्ब २६ करोड ३१ लख रुपैयाँ र वैशाख महिनामा मात्र ३५ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मेट लाइफले ४ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने वैशाख महिनामा मात्र ३४ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ ।
यस्तै सूर्या लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्ममा ३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ र वैशाख महिनासम्म २९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।
राष्ट्रिय बीमा संस्थानले वैशाख मसान्तसम्म ७ अर्ब २४ करोड १३ लाख रुपैयाँ र वैशाख महिनामा मात्र २५ करोड ७१ लख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
ज्योति लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्म २ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ र वैशाख महिनामा मात्र २५ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
प्राइम लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्ममा ४ अर्ब १४ करोड ९० लाख रुपैयाँ र वैशाख महिनामा मात्र २५ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्म ३ अर्ब २६ करोड ४४ लाख रुपैयाँ र वैशाखमा २२ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स वैशाख मसान्तसम्म २ अर्ब ३९ करोड ६३ करोड रुपैयाँ र वैशाखमा २२ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
रिलायवल लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्म ३ अर्ब २१ करोड ४३ लाख रुपैयाँ र वैशाख महिनामा २२ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
गुराँस लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्म २ अर्ब ५३ करोड ८७ लाख रुपैयाँ र वैशाख महिनामा २० करोड ५३ लाख रुपैयाँ कुल बीमा आर्जन गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्म २ अर्ब ५६ करोड ७५ लाख रुपेयाँ र वैशाख महिनामा १७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सानिमा लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्म १ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ र वैशाख महिनामा १५ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
प्रभु लाइफ इन्स्यारेन्सले वैशाख मसान्तसम्म १ अर्ब ५७ करोड ८९ लाख रुपैयाँ र वैशाखमा ९ लाख ९७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।