८ मंसिर, २०८१ शनिबार
12:09:58 AM
१९ जेठ, २०७९
बिहीबार प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
काठमाडौं । सेयर बजार घट्ने क्रम जारी नै छ । कारोबारको चौथो दिन बिहीबार सेयर बजार १८.२६ अकंले घटेर नेप्से परिसूचक २१ सय १२.४७ विन्दुमा बन्द भएको छ । लगातार दुई दिनदेखि अधिंकाश बीमा कम्पनीहरुको सेयर मूल्य निरन्तर घटिरहेको छ । बिहीबार प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसदिन कम्पनीको सेयर ६.४७ प्रतिशतले घटेको छ ।
त्यस्तै, बिहीबार उन्नती सहकार्य, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स, हिमालयन उर्जा, सिटिजन म्युचुअल फन्ड, सिद्धार्थ इन्स्योरेन्स, मैलुङ खोला र शिखर र इन्स्योरेन्सको सेयर घटेको छ ।