८ मंसिर, २०८१ शनिबार
12:41:23 AM
१९ जेठ, २०७९
सेयर बजार घटेपनि बिहीबार माउन्टेन हाइड्रो नेपालको सर्वाधिक कारोबार भएको छ ।
काठमाडौं । बिहिबार सेयरबजार दोहोरो अंकले घटेको छ । बिहीबार सेयरबजार १८.२६ अंकले घटेको छ । बिहीबार २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको कारोबार भएको छ । सेयर बजार घटेपनि बिहीबार माउन्टेन हाइड्रो नेपालको सर्वाधिक कारोबार भएको छ । एकैदिन कम्पनीको १२ करोड १२ लाख ५८ हजार ६९३ रुपैयाँको कारोबारा भएको छ ।
त्यस्तै, बिहीबार एनआइसी एशिया बैंकको ६ करोड ५४ लाख, नबिल बैंकको ३ करोड १८ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ८ लाख र शिखर इन्स्योरेन्सको २ करोड ८८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।