८ मंसिर, २०८१ शनिबार

01:34:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा दोहोरो अंकको गिरावट, १८.२६ अकंले घट्यो

Nepal Business

१९ जेठ, २०७९

सेयर बजार घट्दा १ अर्ब १६ करोड १५ लाख १४ हजार १६९ रुपैयाँको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, १८.२६ अकंले घट्यो

काठमाण्डौं । सेयर बजार घट्ने क्रम जारी नै छ । कारोबारको चौथो दिन बिहीबार सेयर बजार घटेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार १८.२६ अकंले घटेर नेप्से परिसूचक २१ सय १२.४७ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा १ अर्ब १६ करोड १५ लाख १४ हजार १६९ रुपैयाँको कारोबार भएको छ भने ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर किनबेच भएका छन् । 

लगातार घटिरहेको सेयर बजारका कारणले लगानीकर्ता चिन्तित छन् । 

यस्तै उपसमुहमा म्युचल फण्ड ०.१४ प्रतिशतले बढेको छ भने सबै उपसमुह सबै घटेका छन् ।

कम्पनीतर्फ भने बलेफी हाइड्रोपावर लिमिटेड ९.९७ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल ४.२० प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्था ४.०४ प्रतिशतले बढेका छन् ।