८ मंसिर, २०८१ शनिबार

01:16:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आँखुखोला जलविद्युतले बोलायो दुई आर्थिक वर्षको साधारण सभा, यस्ता छन् एजेन्डा

१९ जेठ, २०७९

कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ २७ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

आँखुखोला जलविद्युतले बोलायो दुई आर्थिक वर्षको साधारण सभा, यस्ता छन् एजेन्डा

काठमाडौं । आँखुखोला जलविद्युत आयोजनाले गत दुई आर्थिक बर्षको बार्षिक साधारणसभा आह्वान गरेको छ । जेठ १८ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको १३ औँ र १४ औँ बार्षिक साधारणसभा बोलाउने निर्णय निर्णय गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को १३ औँ र १४ औँ वार्षिक साधारणसभा असार १२ गते अर्पण ब्याङ्क्वेट नयाँबानेश्व काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

सभाले दुवै आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु सभाले अनुमोदन गर्नुको साथै सर्वसाधारण समूहबाट एक जना महिला र संस्थापक समूहबाट ४ जना सञ्चालकहरुको समेत चयन गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ २७ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।