८ मंसिर, २०८१ शनिबार
11:17:29 PM
१८ जेठ, २०७९
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दोसल्ला ओढाएर कदरपत्रसहित उहाँहरुलाई सम्मानित गर्नुभएको थियो ।
काठमाडौँ,
सामुदायिक वन दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघले पत्रकार चाँदनी हमालसहितका व्यक्तिहरुलाई आज बुधबार सम्मान गरेको छ ।
सामुदायिक वन व्यवस्थापन, संरक्षण, प्रवद्र्धनसँगै उपभोक्ता अधिकारको बिषयमा लामो समयदेखि कलम चलाएर योगदान पुर्याएवापत पत्रकार हमाललाई सम्मा गरिएको हो ।
सामुदायिक वन व्यवस्थापन, संरक्षण, प्रवद्र्धनसँगै उपभोक्ता अधिकारको बिषयमा लामो समयदेखि कलम चलाएर योगदान पुर्याएवापत पत्रकार हमाललाई सम्मा गरिएको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दोसल्ला ओढाएर कदरपत्रसहित उहाँहरुलाई सम्मानित गर्नुभएको थियो । हमाल हाल गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ ।
उहाँसँगै कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारी पनि सम्मानित हुनुभयो ।
त्यसैगरी सामुदायिक वन स्थापना र व्यवस्थापनमा विभिन्न समयममा अध्यक्ष रहेर योगदान दिनु भएका संस्थापक अध्यक्ष भीमप्रसाद श्रेष्ठ, पूर्व अध्यक्षहरु हरिप्रसाद न्यौपाने, घनश्याम पाण्डे, अप्सरा चापागाँई र गणेश कार्कीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।