११ मंसिर, २०८१ मंगलबार
11:45:34 AM
१८ जेठ, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बुधबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको ७ लाख ७५ हजार ९ सय ८२ दशमलव ५९ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।