१४ बैशाख, २०८१ शुक्रबार

01:03:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्ल्याकबेरी मोबाइलले काम नगर्ने

१९ पुस, २०७८

प्रयोगकर्ताले चलाउन छाडे

ब्ल्याकबेरी मोबाइलले  काम नगर्ने

 

काठमाण्डौं, पुस १९ 
सन् १९९० र सन २००० को दशकमा निकै लोकप्रिय रहेको ब्ल्याकबेरीका पुराना मोबाइल मंगलबारबाट काम नगर्ने भएको छ । ब्ल्याकबेरी कम्पनीले अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने जनाएको छ । 

कम्पनी अनुसार ब्ल्याकबेरी १०,७.१ ओएस र त्यसअघिका मोडेलले काम गर्ने छैनन् । एनड्रोइड सफटवेयरमा नचल्ने ब्ल्याकबेरीका सम्पूर्ण पुराना डिभाइसले डाटा प्रयोग नगर्ने टेक्स्ट मेसेज नपठाउने, इन्टरनेटको पँहुच नहुने र फोन गर्न मिल्ने छैन । 

ब्ल्याकबेरीको अन्तिम भर्जन भने सन् २०१३ मा लन्च गरिएको थियो । कम्पनी सन् २०१६ देखि नै फोन बजारबाट टाढा भएको थियो । अधिकांश मोबाइल प्रयोगकर्ताले ब्ल्याकबेरी चलाउन छाड्नु भएको छ ।