१३ बैशाख, २०८१ बिहिबार

12:47:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुद्ध एयरको जहाजमा भेटियो १० हजार ८ सय अमेरिकी डलर

Nepal Business

११ बैशाख, २०७९

पार्किङ स्थलमा १ सय दरका १ सय ८ थान नोट भेटिएको नेपाल प्रहरीले जनाएको छ ।

बुद्ध एयरको जहाजमा भेटियो १० हजार ८ सय अमेरिकी डलर

काठमाण्डौं । भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ । त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा १ सय दरका १ सय ८ थान नोट भेटिएको नेपाल प्रहरीले जनाएको छ ।  

यो कूल १० हजार ८ सय अमेरिकी डलर हो जुन रकम शनिबार साँझ बरामद गरिएको प्रहरीले बताएको छ ।  

जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको हो । प्रहरीले डलर बरामद गरि अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको जानकारी दिएको छ ।