१४ बैशाख, २०८१ शुक्रबार

08:23:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुल्मी र काभ्रेमा १ मतले पराजित हुनेहरु

Nepal Business

१ जेठ, २०७९

गुल्मी र काभ्रेमा १ मतले पराजित हुनेहरु

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले आफ्ना प्रतिद्वन्द्वीलाई एक मतले हराउँदै वडाध्यक्ष विजयी हुनुभएको छ । 

रेशमराजले माओवादी एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपानेलाई जम्मा एक मतले पछाडि पारेर विजयी हुनुभएको हो । 

रेशमराजले ७५६ मत प्राप्त गर्नुभएको छ भने पराजित शोभाखरले ७५५ मत प्राप्त गर्नुभएको छ । 

यसैवीच काभ्रेको खानीखोला गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई १ मतले हराएका छन्। 

माओवादी केन्द्रका थिङले ५ सय ४८ मत प्राप्त गर्दै वडाध्यक्ष पदमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धि रहेका एमालेका गोलेले भने ५ सय ४७ मत ल्याउनुभयो ।