८ मंसिर, २०८१ शनिबार
01:38:01 AM
१८ जेठ, २०७९
काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयरबजार ७.२१ अंकले घटेको छ । बुधबार २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से सामान्य अंकले घटेपनि केही कम्पनीको सेयरमूल्य उच्च अंकले घटेको छ । बुधबार शिखर इन्स्योरेन्सको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीले आज (बुधबार) गत आवको मुनाफाबा सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेसँगै कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
त्यस्तै, बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको ७.२५ प्रतिशत, गुराँस लघुवित्तको ७.०१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ६.८० प्रतिशत र मानुषी लघुवित्तको ४.७२ प्रतिशतले सेयर घटेको हो । यसदिन यी कम्पनीका लगानिकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् ।