८ मंसिर, २०८१ शनिबार

01:31:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ओरालो लाग्ने क्रम जारी, ७.२१ अंकले घट्यो

Nepal Business

१८ जेठ, २०७९

सेयर बजार घट्दा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८२ रुपैयाँ कारोबार

सेयर बजार  ओरालो लाग्ने क्रम जारी, ७.२१ अंकले घट्यो

काठमाण्डौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । सेयर बजार बुधबार पनि घटेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार ७.२१ अंकले घटेर नेप्सेपरिसूचक २१ सय ३०.७१ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८२ रुपैयाँ कारोबार भएको छ भने ३० लाख २० हजार ६७ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै उपसमुहतर्फ विकास बैंक उपसमुह ०.५९ प्रतिशत, हाइड्रपावर उपसमुह ०.६८ प्रतिशत र फाइनान्स उपसमुह ०.३८ प्रतिशतले बढेका छन् भने अरु सबै घटेका छन् । 

कम्पनीतर्फ मैलुङखोला जलविद्युत कम्पनीमा सर्किट ब्रेक लागेको छ भने बलेफी हाइड्रोपावर लिमिटेड ९.९४ प्रतिशत र नारायणी विकास बैंक लिमिटेड ४.२९ प्रतिशतले बढेका छन् ।