८ मंसिर, २०८१ शनिबार

01:13:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार नेपाल इन्भेष्टमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

१८ जेठ, २०७९

बुधबार नेपाल इन्भेष्टमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयरबजारमा सामान्य अंकले घटेको छ । अघिल्लो दिन अर्थात मंगलबार ३५ अंकले घटेको नेप्से परिसूचक बुधबार ७.२१ अंकले घटेको छ । बुधबार २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँको कारोबार भएको छ ।

बुधबार एक अर्बमाथिको कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक  कारोबार भएको छ । यसदिन बैंकको १२ करोड १३ लाख ७३ हजार ९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, बुधबार हिमालयन डिस्टिलरीको ४ करोड ६८ लाख, शिखर इन्स्योरेन्सको ३ करोड ७८ लाख, एनआइसी एशिया बैंकको ३ करोड २० लाख रुपैयाँ र अरुण काबेली पावरको २ करोड ८८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।