२१ बैशाख, २०८१ शुक्रबार

08:30:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आधाभूत निर्माण मापदण्ड संशोधन, कुन क्षेत्रमा कस्तो भवन बनाउन पाइने ? (पूर्णपाठसहित)

Nepal Business

१८ जेठ, २०७९

 आधाभूत निर्माण मापदण्ड संशोधन, कुन क्षेत्रमा कस्तो भवन बनाउन पाइने ? (पूर्णपाठसहित)

काठमाण्डौं । सरकारले काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा भवन निर्माणसम्बन्धी नयाँ व्यवस्था गरेको छ । सरकारले वस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधाभूत निर्माण मापदण्ड संशोधन गरेको छ ।

यसमा सरकारले मिश्रित आवासीय भवनलाई प्रोत्साहन हुने गरी मापदण्ड संशोधन गरेको छ । उक्त संशोतित मापदण्ड राजपत्रमा प्रकाशित गरिएको छ । सरकारले नयाँ मापदण्ड अनुसार काठमाण्डौं उपत्यकामा जग्गाको भुईं क्षेत्रको (फार) ४.५ सम्म कायम गरेको छ ।

उक्त संशोधित मापदण्डले जमिनको क्षेत्रफलको तुलनामा ४.५ गुणासम्म ठूलो भवन निर्माण गर्न पाउने राजपत्रमा उल्लेख छ । आगामी दिनमा थोरै क्षेत्रफलमा पनि ठूलो भवन बनाउन सकिनेछ । तर सरकारले भुईं जग्गाको क्षेत्रफलमा कुनै संशोधन गरेको देखिँदैन ।

यस्तै काठमाडौं उपत्यकाको हकमा भने आवासीय भवनमा निर्माण गर्दा जग्गाको क्षेत्रफलभन्दा ४ गुणा ठूलो भवन बनाउन सक्ने व्यवस्था सरकारले गरेको छ । 
व्यापारिक तथा सभा–सम्मेलन भवन ३.५ गुणा र संस्थागत भवन २.५ गुणाभन्दा ठूलो बनाउन सक्नेछन् ।

यसैगरी पहाडी क्षेत्रमा व्यापारिक तथा सभासम्मेलन भवन ३.५ गुणा, आवासीय भवन ३.५ गुणा, मिश्रित आवासीय भवन ४ गुणा र संस्थागत भवन २.५ गुणासम्म ठूलो बनाउन सक्नेछन् ।

तराईमा व्यापारिक तथा सभा–सम्मेलन भवनमा ३ गुणा, आवासीय भवन ३ गुणा, मिश्रित आवासीय भवन र संस्थागत भवन २.५ गुणासम्म बनाउन सक्नेछन् ।
जसमा सरकारले पुरानो सहरी क्षेत्रमा परम्परागत वास्तुकला कायम राख्ने गरी विकास प्राधिकरण वा नगर विकास समिति वा नगरपालिकाले तोकिदिए बमोजिमको भुईं क्षेत्रको अनुपात (फार) कायम हुनेछ ।

सरकारले भवनको उचाईअनुसार सँधियारतर्फको न्यूनतम सेटब्याक कायम गरेको छ । जसमा सरकारले १० मिटरसम्म भवनको उचाइमा सार्वजनिक भवनाको हकमा १.५ मिटर र अन्य तथा संयुक्त भवनको हकमा १.५ मिटर सेटब्याक कायम गर्नुपर्ने उल्लेख छ।

सार्वजनिक भवनको हकमा १० मिटरभन्दा बढी १७ मिटरसम्म भवनको उचाईमा ३ मिटर र अन्य तथा संयुक्त भवनको हकमा २ मिटर, १७ मिटरभन्दा बढी २४ मिटरसम्म सार्वजनिक भवनको हकमा ४ मिटर र अन्य तथा संयुक्त भवनको हकमा ३ मिटर, २४ मिटरभन्दा बढी ३१ मिटरसम्मको सार्वजनिक भवनमा ५ मिटर र संयुक्त र अन्यमा ४ मिटर, ३१ मिटरभन्दा बढी ३८ मिटरसम्मको सार्वजनिक भवनमा ६ मिटर र अन्य र संयुक्त भवनको हकमा ५ मिटर, ३८ मिटरभन्दा बढी ४५ मिटरसम्मको सार्वजनिक भवनमा ७ मिटर र संयुक्त र अन्य भवनमा ६ मिटर र ४५ देखि ५२ मिटरसम्मको सार्वजनिक भवनले ८ मिटर र अन्य र संयुक्त भवनले ७ मिटर सेटब्याक छोड्नुपर्ने मापदण्डमा उल्लेख छ ।

५२ देखि ५९ मिटरसम्मको सार्वजनिक भवनले ९ मिटर र अन्य र संयुक्त भवनले ८ मिटर, ५९ देखि ६६ मिटरसम्मको सार्वजनिक भवनले १० मिटर र संयुक्त भवनले ९ मिटर, ६६ देखि ८० मिटरसम्मको सार्वजनिक भवनले ११ मिटर र संयुक्त भवनले १० मिटर, ८० देखि ९४ मिटरसम्मको सार्वजनिक भवनले १२ मिटर र संयुक्त भवनले ११ मिटर र ९४ देखि १०० मिटरसम्मको सार्वजनिक भवनले १३ मिटर र अन्य र संयुक्त भवनले १२ मिटर सेटब्याक कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।