१८ बैशाख, २०८१ मंगलबार

04:30:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्से परिसूचक ३२.०३ अंकले बढ्यो

१९ पुस, २०७८

सेन्सेटिभ परिसूचक पनि ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा पुगेको छ

नेप्से परिसूचक ३२.०३ अंकले बढ्यो


काठमाण्डौं, पुस १९
सोमबार सेयर बजार सकारात्मक देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा पुगेको छ

  नेप्से १.२४ प्रतिशतले बढेको हो । कूल २३० वटा कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार एक सय ७८ रूपैयाँ ५८ पैसा बराबरको कारोबार भएको नेप्सेले बताएको छ । तरलता बिस्तारै सहज हुँदै गएको र लगानीकर्ताहरु बजारमा प्रवेश गर्न शुरुगरेकोले बजार सकरात्मक देखिन थालेको प्रक्षेपण गरिएको छ ।