७ मंसिर, २०८१ शुक्रबार
01:09:31 AM
१७ जेठ, २०७९
नेपालमा विगत लामो समयदेखि बीमा परियोजना लागु भएपनि यसको शैक्षिक अध्ययन अध्यापन भने भएको छैन ।
काठमाण्डौं । नेपालमा बीमा कलेज स्थापना गरिने भएको छ । नेपालमा विगत लामो समयदेखि बीमा परियोजना लागु भएपनि यसको शैक्षिक अध्ययन अध्यापन भने भएको छैन ।
बीमा व्यवसायलाई थप मर्यादित र वस्तुपरक बनाउन सरकारले यसको अध्ययनका लागि कलेज नै सञ्चालन गर्ने भएको हो ।
मुलुकको आर्थिक कृयाकलापमा उल्लेख्य योगदान पुर्याउने बीमा व्यवसायको व्यवस्थित अध्ययन गर्ने निकाय थिएन । यसलाई मध्येनजर गर्दै सरकारले बजेटमै व्यवस्था गरी कलेज खोल्ने घोषणा गरेको छ ।
सो घोषणा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले गर्नु भएको हो ।