८ मंसिर, २०८१ शनिबार

01:21:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

१७ जेठ, २०७९

नेप्सेमा मंगलबार सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूकिकृत भएको हो ।

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा मंगलबार सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूकिकृत भएको हो ।

नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस बापतको १ लाख ९८ हजार कित्ता सेयर सूचिकृत भएको हो । त्यसैगरी, नेप्सेमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको २२ लाख ८२ हजार ४ सय ५० दशमलव ६१ कित्ता सेयर सूचिकृत भएको हो ।