८ मंसिर, २०८१ शनिबार
01:48:12 AM
१७ जेठ, २०७९
मंगलबार नबिल बैंकको ३ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयरबजारमा उच्च गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३५ अंकले घटेको छ । सोमबार सेयरबजार ४५ अंकले घटेको थियो । सेयरबजार घटेसँगै कारोबार रकम समेत खुम्चिन पुगेको छ ।
मंगलबार २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम घटेपनि मंगलबार एनआईसि एशिया बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । मंगलबार बैंकको ५ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, मंगलबार नबिल बैंकको ३ करोड ९८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ६८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड १३ लाख रुपैयाँ र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।