८ मंसिर, २०८१ शनिबार
01:12:40 AM
१७ जेठ, २०७९
सेयर बजार घट्दा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँको कारोबार
काठमाण्डौं । कारोबारको दोस्रो दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार ३५.५३ अंकले घटेर २१ सय ३७.९२ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँको कारोबार भएको छ भने ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै आज म्युचल फण्ड बाहेक सबै उपसमुह घटेका छन् । म्युचल फण्ड ०.४५ प्रतिशतले बढेको छ ।
कम्पनीतर्फ उपकार लघुवित्त वित्तीय संस्था ८.२३ प्रतिशत, एनएमबी५० ४.१० प्रतिशत र सामलिङ पावर कम्पनी ४.०२ प्रतिशतले बढेका छन् ।