९ मंसिर, २०८१ आइतबार
04:06:18 PM
१७ जेठ, २०७९
कार्यक्रमको सबै खर्च नेपाल पुनर्बीमा कम्पनीको ब्रोकर जेबि बोदाले व्योहोर्ने
काठमाण्डौं । नेपाल पुनर्बीमा कम्पनीको ब्रोकरले आयोजना गरेको पाँच दिने कार्यक्रमका लागि निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु माल्दिभ्सका लागि प्रस्थान भएका छन् ।
कार्यक्रममा भाग लिन सबै इन्स्योरेन्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु माल्दिभ्स प्रस्थान गरेका हुन् ।सो कार्यक्रम मंगलबारदेखि शनिबारसम्म चल्नेछ । उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल पनि सहभागि हुनुभएको छ।
यस्तै नेपाल पुर्नबीमा कम्पनीको अध्यक्ष, सञ्चालक समितिका सबै सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनकहरु पनि माल्दिभ्स गएका छन् ।
बीमा कम्पनीका सिईओहरुलाई पुर्नबीमाको तालिम दिने भनेर नेपाल पुर्नबीमा कार्यक्रमले माल्दिभ्समा कार्यक्रम राखेको हो । कार्यक्रमको सबै खर्च नेपाल पुनर्बीमा कम्पनीको ब्रोकर जेबि बोदाले व्योहोर्ने भएको छ ।