९ मंसिर, २०८१ आइतबार
03:50:48 PM
१७ जेठ, २०७९
कुनै पनि व्यक्तिले वर्षमा ४० हजारसम्मको प्रिमियम तिर्दा त्यसलाई खर्चमा गणना गरी आयकर लाग्ने छैन।
काठमाण्डौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले बीमा प्रिमियमलाई करयोग्य आयबाट घटाउन मिल्ने रकमको सीमा बढाइ दिएको छ ।
अब वर्षमा ४० हजार रुपैयाँसम्म बीमा प्रिमियमलाई आयकरको कर योग्य आयबाट घटाउन मिल्ने भएको छ।
आर्थिक विधेयकबाट सरकारले पहिलेको २५ हजारबाट बढाएर ४० हजार रुपैयाँ पुर्याएको हो। कुनै पनि व्यक्तिले वर्षमा ४० हजारसम्मको प्रिमियम तिर्दा त्यसलाई खर्चमा गणना गरी आयकर लाग्ने छैन।
यसले बीमा गरी स–सानो बचतले आम्दानीलाई सुनिश्चित गर्न अभिप्रेरित गरेको देखिन्छ ।