७ मंसिर, २०८१ शुक्रबार

01:11:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्जीवन बीमा कम्पनीहरुको सम्पत्ति वापत गरिने बीमा शुल्क २४ प्रतिशतले घट्यो, कुन प्रदेशमा कति गुमाए ?

Nepal Business

१७ जेठ, २०७९

बीमा समितिका अनुसार गत चैत महिनामा बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ६५ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए भने वैशाख महिनामा ४९ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन

निर्जीवन बीमा कम्पनीहरुको सम्पत्ति वापत गरिने बीमा शुल्क २४ प्रतिशतले घट्यो, कुन प्रदेशमा कति गुमाए ?

काठमाण्डौं । चालु आर्थिक वर्षको वैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरु सम्पत्ति वापत गरिने बीमा शुल्क २४ प्रतिशतले गुमाएका छन् । बीमा समितिको तथ्यांक अनुसार चैत महिनाको तुलनामा बैशाख महिनामा सम्पत्ति वापत गरिने बीमा शुल्क रकम २४.४५ प्रतिशतले घटेको हो । 

बीमा समितिका अनुसार गत चैत महिनामा बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ६५ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए भने वैशाख महिनामा ४९ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

कुन प्रदेशले कति गुमाए ?

प्रदेश १ मा कम्पनीहरुले बैशाख महिनामा सम्पत्ति वापत गरिने बीमाबाट १ मा ८ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चैत महिनाको तुलनामा यो बीमा शुल्क ४.४५ प्रतिशतले कम हो । गत चैत महिनामा कम्पनीहरुले सम्पत्ति बीमाबाट ९ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । 

यस्तै मधेश प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट ४ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरे पनि गत चैत महिनाको तुलनामा यस महिना २७.२८ प्रतिशतले कम हो । गत चैत महिनामा सो प्रदेशबाट ६ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क रकम आर्जन गरेको थियो । 

बागमती प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट २६ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरे पनि गत चैतको तुलनामा वैशाख महिनामा २९ प्रतिशतले कम हो । गत चैतमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ३६ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । 

यसैगरी गण्डकी प्रदेशबाट कम्पनीहरुले सम्पत्ति बीमाबाट २ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क ३३.४२ प्रतिशतले कम हो । गत चैत महिनामा कम्पनीहरुले सम्पत्ति बीमाबाट ३ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । 

लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ६ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो बीमा शुल्क अघिल्लो महिनाको तुलनामा ३६.२६ प्रतिशत अर्थात एक करोड ४ लाख रुपैयाँले कम हो । गत चैत कम्पनीहरुले महिनामा ७ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । 

कर्णाली प्रदेशमा कम्पनीहरुले सम्पत्ति बीमाबाट सबैभन्दा कम ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत चैत महिनामा कम्पनीहरुले ६५ लाख रुपैयाँ बीमा शुल्क अर्जान गरेका थिए । अघिल्लो महिनाको तुलनामा उक्त रकम ३६.२६ अर्थात २३ लाख रुपैयाँले कम हो । 

यस्तै सुदुरपश्चिम प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट १ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत चैत महिनामा कम्पनीहरुले १ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क रकम ३०.७८ प्रतिशत अर्थात ६० लाख रुपैयाँले कम भएको समितिले जनाएको छ ।