५ जेठ, २०८१ शनिबार

01:48:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हरेक दिन निःशुल्क मेलाको फोहोर टिप्छन यि युवा

१९ पुस, २०७८

हरेक दिन निःशुल्क मेलाको फोहोर टिप्छन यि युवा

१९ पौष, २०७८
बुटवलमा लागेको चौथो राष्ट्रिय औद्योगिक  पदर्शनी तथा व्यापार मेलामा दिनभर हजारौंको उपस्थिती रहन्छ । साँझ परेपछि अझै रौरन थपिन्छ मेलामा । साँझैसम्म दर्शकहरु मेलामा रमाईरहेका हुन्छन् । दर्शकले मेलामा गरेको फोहोर व्यवस्थापनका लागि लाखौं रुपैयाँ खर्च गरेर सफाईकर्मी राख्नुपर्ने थियो । तर बुटवलमा यस्तो छैन । फेरी इन्भाइरोमेन्टल सर्भिसेसका युवाहरुले हरेक दिन विहान मेलामा भएको सबै फोहोर व्यवस्थापन गर्दै आएका छन् ।

उनिहरु विहानै मेला स्थलमा पुग्छन् र अघिल्लो दिन साँझै सम्म भएको फोहोर टिप्न थाल्छन् । गत पौष ८ गते देखी लागेको मेलामा भएको फोहोर मैला व्यवस्थापनमा लागेका युवाहरुले पर्दशनीस्थल भित्र फोहोर फ्याँक्नका लागि डष्टविनको व्यवस्था समेत गरेका छन् ।

विहान फोहोर टिप्ने युवाको समुहले दिउँसो दर्शकहरुलाई आफुले गरेको फोहोर आफै व्यवस्थापन गर्न र डष्टविनमा राख्न अनुरोध पनि गर्दै आएका छन् । यि युवाहरुको सहुमले बुटवलको मेलामा मात्र हैन बुटवलका विभिन्न स्थानमा सरसफाई सम्वन्धि जनचेतना फैलाउने काम समेत गर्दै आएका छन् । आफुहरुले युवाहरुलाई सभ्य र सकारात्मक रुपान्तरणमा सहभागि बनाउन अभियान चालेको संस्थाका सञ्चालक अभय पौडेल र कमल तिवारीले जानकारी दिनुभयो । यसैगरी संस्थाका अध्यक्ष उमेश पौडेलले आफुहरुको अभियान पर्दशनी चल्नेसमसम्म मात्र नभई गाउँ, टोल र बजारहरुमा जथाभावी फोहोर गर्ने प्रवृतिको अन्त्य नभएसम्म सञ्चालन हुने बताउनुभयो । समुहले सबैलाई वातावरण मैत्री अभियानमा संलग्न भई आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने वानीको विकास गर्न समेत अनुरोध गर्दै आएको छ ।