६ पुस, २०८२ आइतबार

09:47:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्दै दोर्दी खोला जलविद्युत

१७ जेठ, २०७९

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि छिटोमा जेठ ३१ गतेदेखि ढीलोमा असार ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

भर्ने होइन त ? जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्दै दोर्दी खोला जलविद्युत

काठमाडौं । दोर्दी खोला जलबिद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १ लाख ९ हजार ७७५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोष र ६५ हजार ८६५ कित्ता (३ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २० लाख १९ हजार ८६९ कित्तामा  सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले  आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर मध्ये ७ लाख ५६ हजार ४२० कित्ता मात्र बिक्रि भएकाले बाँकी २ लाख ९७ हजार ८४० कित्ता सेयर अब सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा) समेत निष्काशन गरिएको हो ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि छिटोमा जेठ ३१ गतेदेखि ढीलोमा असार ९ गतेसम्म  आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।