७ मंसिर, २०८१ शुक्रबार

01:31:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन जनरल इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा, एभरेष्टसँगको मर्जर प्रस्ताव पारित गरिने

१६ जेठ, २०७९

हिमालयन जनरल इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा, एभरेष्टसँगको मर्जर प्रस्ताव पारित गरिने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले एभरेष्ट इन्स्योरेन्ससँग एक आपसमा मर्जरमा जानको लागि विशेष प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको हो ।

कम्पनी सञ्चालक समितिको जेठ १५ गते आइतबार बसेको बैठकले विशेष साधारणसभा असार २ गते बोलायने निर्णय गरेको थियो । उक्त सभा काठमाडौंको एयरपोर्टस्थित एयरपोर्ट होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभ्ने अर्थात् मर्जरमा जाने प्रयोजनका लागि विशेष साधारण सभा आह्वान गरेको हो । हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच गत वैशाख २३ गते मर्जर सम्झौता भएको थियो।

मर्जर सम्झौतासँगै धितोपत्र दोस्रो बजारमा हिमालयन इन्स्योरेन्सको सेयर कारोबार रोक्का रहेकोले जेठ २५ गतेसम्म सेयरधनी लगत किताबमा नाम रहेका सबै सेयरधनीहरु विशेष साधारणसभामा उपस्थित हुन सक्ने कम्पनीले जनाएको छ।

यी दुई कम्पनीको मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुँजी हुनेछ । मर्जरपछि पनि बीमा समितिले तोकेको साढे दुई अर्ब चुक्तापुँजी भने अझै पुग्ने छैन ।