७ मंसिर, २०८१ शुक्रबार
01:57:16 AM
१६ जेठ, २०७९
सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ १६ गते सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।
कम्पनीको ७३औँ वार्षिक साधारण सभा जेठ ३० गते, सोमबार, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।