७ मंसिर, २०८१ शुक्रबार
03:15:24 PM
१६ जेठ, २०७९
आईपिओ बिक्रि नभएपछि पूनः जेठ २३ गतेसम्मका लागि म्याद थप गरिएको हो ।
काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने म्याद पूनः दोस्रो पटक थपिएको हो ।
यसअघि जेठ ८ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा आईपीओ बिक्री नभपछि पहिलो पटक म्याद थपेर जेठ १६ गतेसम्म आवेदन दिने समय पुर्याइएको थियो तर उक्त अवधिमा पनि आईपिओ बिक्रि नभएपछि पूनः जेठ २३ गतेसम्मका लागि म्याद थप गरिएको हो ।
कम्पनीले विद्यमान जारी पूँजीको ८.२२ प्रतिशत अर्थात् ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ (साबिकको पाचें गाविसको सबै वडा), मादी गाउँपालिकाको वडा नं. २ (साबिकको नामार्जुन गाविसका सम्पूर्ण वडा), मादी गाउँपालिका वडा नं. ३ र ४ (साबिकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडा) र मादी गाउँपालिकाका वडा नं ६ र ७ (साबिकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडा) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। उनीहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड ९कास्की०, माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।