९ मंसिर, २०८१ आइतबार
09:36:39 PM
१५ जेठ, २०७९
काठमाडौं । विद्युत प्राधिकरणको प्रिमियम मूल्यमा साधारण सेयर (आईपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुहुँदै यस्तो जानकारी दिनुभएको हो ।
अर्थमन्त्री शर्माले प्राधिकरणले साधारण सेयर (आईपिओ) निष्काशन गर्ने प्रयोजनाका लागि क्रेडिट रेटिङ गराइसकेको भन्दै छिट्टै सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपिओ जारी गरिने बताउनुभएको हो । अर्थमन्त्री शर्माले शेयर विनिवेशबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण र ऊर्जा पूर्वाधारमा लगानी गर्ने बताउनुभयो ।