८ मंसिर, २०८१ शनिबार

10:52:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वृद्धा भत्ता नलिने जेष्ठ नागरिकलाई सरकारले सम्मान गर्ने

Nepal Business

१५ जेठ, २०७९

हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले मात्र वृद्धा भत्ता पाउने गरेकोमा आगामी आर्थिक वर्षबाट ६८ वर्षमै वृद्धा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।

वृद्धा भत्ता नलिने जेष्ठ नागरिकलाई सरकारले सम्मान गर्ने

वृद्धा भत्ता नलिने जेष्ठ नागरिकलाई सरकारले सम्मान गर्ने 

काठमाडौं । सरकारले वृद्धा भत्ता नलिने घोषण गर्ने जेष्ठ नागरिकलाई सम्मान गर्ने घोषण गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।८० को बजेट प्रस्तुत गर्दै उमेर पुगेको तर सामाजिक सुरक्षा भत्ता नलिने घोष्णा गर्ने जेष्ठ नागरिकलाई सरकारले सम्मान गर्ने घोष्णा गर्नुभएको हो । 

यसैगरी अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गर्नुभएको हो ।

हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले मात्र वृद्धा भत्ता पाउने गरेकोमा आगामी आर्थिक वर्षबाट  ६८ वर्षमै वृद्धा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।

भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उहाँले बताए ।